प्रधानमन्त्री केपी ओलीले दरवार हत्याकाण्ड बारे सत्यता बोलियो हेर्नुहोस सनसनी पूर्ण बयान
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  / वि.सं. २०५८ जेठ १९ शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० जनाको हत्या भएको आज १४  वर्ष पुरा भएको छ । हत्यामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । दरबार हत्याकाण्ड भएको १४  वर्ष बितेपनि घटना अझै पनि रहस्यमय नै रहेको छ । आजको दिनलाई नेपालको इतिहासको एक कहालीलाग्दो दिनका रुपमा समेत लिइने गरिएको छ ।
तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि सो प्रतिवेदनका बारेमा चौतर्फी आशंका व्यक्त भएका थिए । हत्याको अझै यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन भएको छैन । प्रतिवेदनमा भने हत्या तत्कालिन युवराज दिपेन्द्रले हत्या गरेको देखाइएको छ । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा गरेको फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बनेको थियो 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्