प्रधानमन्त्री बन्ने बित्तिकै ११ हजारमा बेचेको जन्मघर ओलीले फिर्ता गरे
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  २७ असोज, काठमाडौ / बुबा मोहनप्रसाद ओलीले २०२४ सालमा बेचेकोे तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका छन्।

पुर्ख्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन्।
मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई २०२४ सालमा साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए।

एमाले अध्यक्ष र संसदीय दलको नेता भएपछि एक वर्षअघि ओलीले जन्मघर किनेर आफ्नो नाममा पास गरेका हुन्।उक्त घरजग्गा स्थानीय नन्दलाल, भवानीप्रसाद उप्रेती, श्रीप्रसाद विमली, त्रिलोचन तिवारी, तुलसी संग्रौला र खगेन्द्र तामाङ हुँदै फेरि केपी ओलीकै नाममा नामसारी भएको छ।

ओली प्रधानमन्त्री निर्वा्चित भएपछि पत्रपत्रिका र सामाजिक सञ्जालमा उनको जन्मघरले चर्चा पाएको छ।पहाडी जिल्ला तेह्रथुमको सामान्य परिवारमा जन्मिएका ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वा्चित भएपछि शुभचिन्तक र पार्टीका कार्यकर्ताले उक्त घरको फोटो अपलोड गरी बधाई दिने गरेका छन्। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्