ऑनलाइन सिरहा डटकम /व्यवस्थापिका–संसद्ले नयाँ सभामुख र उपसभामुख दसैँअघि नै चयन गर्ने भएको छ । तर, नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भने तिहारअघि हुने भएको छ । संसद् सचिवालयले सभामुख–उपसभामुख चयनका लागि आवश्यक गृहकार्य सुरु गरिसकेको सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।२७ असोजमा बस्ने संसद् बैठकले सभामुख–उपसभामुख चयनसम्बन्धी औपचारिक रूपमा प्रक्रिया सुरु गर्ने भएको छ । प्रक्रिया सुरु भएको दुई दिनभित्रै नयाँ नेतृत्व चयन गर्ने गरी तयारी गरिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री चयनसम्बन्धी प्रक्रिया २२ असोजमा सुरु भएर २४ गते सम्पन्न भएको थियो । नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९९ को उपधारा (१) मा ‘व्यवस्थापिका संसद्को अधिवेशन आह्वान भएको मितिले २० दिनभित्र राजनीतिक सहमतिका आधारमा सभामुख र उपसभामुखको निर्वाचन गर्ने’ व्यवस्था छ ।
Sambidhan shabha bhavan
यो व्यवस्थाअनुसार असोज २८ गतेभित्र सहमतिका आधारमा सभामुख चयन गर्नुपर्नेछ । संसद्मा रहेका ३१ दलबीच सहमति नभएमा सोही धाराको उपधारा (३) अनुसार सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्यसंख्याको बहुमत प्राप्त गर्ने सांसद व्यवस्थापिका–संसद्को सभामुख वा उपसभामुख पदमा निर्वाचित गर्ने व्यवस्था छ । सबै दलहरूबीच सहमति हुने सम्भावना कम भएकाले सचिवालयले बहुमतीय प्रक्रिया थालेको हो । एमाले नेतृत्वको वर्तमान सत्ता गठबन्धनले सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति को–को बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।
बहुमतीय प्रक्रियामा गए पनि अहिलेको सत्ता गठबन्धनले अघि सारेकै उम्मेदवार नै निर्वाचित हुने सम्भावना छ । सत्ता गठबन्धनमा तीन सय ४० भन्दा धेरै मत छ । सभामुख र उपसभामुख निर्वाचित गर्दा फरक–फरक राजनीतिक दलका सांसद हुनुपर्ने संवैधानिक व्यवस्था छ

