तीन दलका सांसदहरुलाई महोत्तरी प्रवेशमा रोक
Advertise Here Book Now
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले महोत्तरीबाट निर्वाचित तथा समानुपातिक तीन दलका सांसदहरुलाई जिल्ला प्रवेशमा प्रतिबन्ध लगाएको छ । मोर्चाको बैठकले महोत्तरीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका सांसदहरुलाई जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मोर्चाले शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल सहित नेपाली कांग्रेसका किरण यादव, सीताराम भण्डारी, संगीता मण्डल, एमालेका रामदयाल मण्डल, दिपनारायण साह, रंजना माझी, एमाओवादीका लालेन्द्र मण्डल, अनिता साह सहित ९ सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।महोत्तरीमा कांग्रेसका तीन,एमालेका तीन,माओवादीका तीन, संघीय समाजवादी फोरमका एक तमलोपाका एक, स्वतन्त्र एक, राष्ट्रिय मधेस समाजवादी पार्टीका दुई गरी १४ सांसद रहेका छन ।
Advertisement
छठ पर्व मनाउन जिल्ला आउने कार्यक्रम रहेको थाह पाएपछि मोर्चाको बैठकले तीन दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको मोर्चाका नेताहरुले जनाएका छन् । तीन दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रतिगामी र मधेश विरोधी संविधानम हस्ताक्षर गरेको भन्दै जिल्ला प्रवेशमा रोक लगाइएको तराई मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेले जनाएका छन् ।मोर्चाको निर्णयलाई अवज्ञा गरी जिल्ला प्रवेश गरे उनीहरुमाथि भौतिक कारबाही र घरमा समेत आक्रमण गर्ने बैठकले निर्णय गरेको पाण्डेले बताए । तर जिल्ला आउने सबै सांसदहरुके सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताएका छन् ।

