तिहारपछि आन्दोलनरत पक्षसंग वार्ता गछौँ : उपप्रम गच्छदार
Advertise Here Book Now
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलनरत दलसँग वार्ता गरिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबको आयोजनामा बुधबार खेलिएको देउसी भैलो कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले तिहारपछि आन्दोलनरत दलका शीर्ष नेता र प्रमुख दलका शीर्ष नेताबीच वार्ता हुने बताउनुभयो ।
उहाँले आफूले बुझाएको आठ प्रदेशको खाका नमान्दा अहिले यस्तो अवस्था आएको भन्दै सीमाङ्कनका बारेमा पुनर्विचार नहुँदासम्म मधेस समस्या समाधान नहुने ठोकुवा गर्नुभयो ।
गच्छदारले मधेसमा मेचीदेखि महाकालीसम्म दुई प्रदेश हुनुपर्ने आफ्नो धारणा भएको सुनाउँदै तीन ठूला दललाई मिलाएर सीमाङ्कन गर्ने बताउनुभयो ।उहाँले देशको समस्या समाधान गर्न सबै दल गम्भीर हुनुपर्ने बेला आएको भन्दै संविधान संशोधन गरेर समस्या टुङ्याउनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले नेपाल–भारत सम्बन्धमा देखिएको चिसोपना र नेपालीले नाकामा गरेको धर्नाका कारण मुलुकमा सङ्कट उत्पन्न भएकाले सबै एक हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।


