साफ च्याम्पियनसिपको लागि २७ खेलाडीको प्रारम्भिक छनोट...........
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम / नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक असेम्स्ले आगामी डिसेम्बर २३ देखि हुने साफ च्याम्पियनसिपको लागि २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् ।
उनले ३९ खेलाडीबाट २७ खेलाडीलाई छनोट गरेका हुन् । ती मध्ये ४ खेलाडीले घाइते भएका कारण पहिलो चरणको प्रशिक्षक भाग लिन सकेका थिएनन् भने ८ खेलाडीले प्रारम्भिक छनोटमा स्थान बनाउन सकेनन् ।
छनोट भएका खेलाडीमा किरण चेमजोङ, विकेश कुथु, अमृत चौधरी, रञ्जित धिमाल, रविन श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन, अजित भण्डारी, जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, रजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ, टंक बस्नेत, नविन लामा, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, विमल घर्तीमगर, कर्ण लिम्बु, भरत खवास छन् ।


