बन्दका कारण भारदहका केरा कृषकलाई ठुलो घाटा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २७ कात्तिक / तराई मधेसमा निरन्तर तीन महिनादेखि बन्द जारी भएपछि सप्तरीको भारदह
क्षेत्रका केरा कृषक आर्थिक मारमा परेका छन् । तीन महिनादेखि यातायात साधन
नहुँदा जिल्ला बाहिरका बजारमा बिक्रीका लागि केरा पठाउन नपाउँदा ठूलो
आर्थिक घाटा बेहोर्नुपरेको स्थानीयवासी कृषक इन्द्रनारायण लौगीले बताउनुभयो
।
भारदह गाविस– १ स्थित कोसी छेउको पलारमा करिब दुई हजार बिगाहामा
लगाइएको केरा काट्ने समयमा बिक्री वितरण नहुँदा पूर्वपश्चिम राजमार्ग
क्षेत्रअन्तर्गत सडकमै कम भाउमा बिक्री गर्नुपर्ने बाध्यता रहेको केरा
व्यवसायी श्यामसुन्दर खड्काले बताउनुभयो ।उनीहरुले कोसी पलारमा लगाइएको केरा बगानबाट घोरमै पाकेको केरा ल्याई पूर्वपश्चिम राजमार्ग छेउमा राखेर कौडीको भाउमा खुद्रा बिक्री गर्ने गरेका छन् ।
यहाँको केरा यसअघि राजधानी काठमाडौँलगायत पश्चिमको पोखरा र पूर्वको इलामसम्म विभिन्न जिल्लामा बिक्रीका लागि पठाइने गरेको बताइएको छ ।

