कांग्रेस सभापति सुशील कोइराला क्यान्सरमुक्त
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कात्तिक २५ / नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सरमुक्त भएका छन् ।
स्वास्थ्य परीक्षणका लागि हाल संयुक्त राज्य अमेरिकामा रहनुभएका सभापति कोइरालाको स्वास्थ्य परीक्षण प्रतिवेदन हेरेपछि चिकित्सकले उहाँ क्यान्सरमुक्त हुनुभएको बताएको स्वकीय सचिव अतुल कोइरालाले टेलिफोनबाट जानकारी दिए।
अमेरिकाको न्यूयोर्कस्थित मेमोरिएल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उहाँको छाती, जिब्रो र घाँटीको एक्सरेसहित अन्य परीक्षण गरिएको थियो । सेन्टरका वरिष्ठ चिकित्सक डा मञ्जित बेन्सको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।
स्वकीय सचिव अतुल कोइरालाका अनुसार चिकित्सकले उहाँलाई छ महिनामा पुनः रिपोर्ट गर्न सुझाव दिएका छन् ।