तिहार मनाउन आउँदै गर्दा भारतमा तीन नेपालीको मृत्यु, ९ घाइते
Advertise Here Book Now
२५ कात्तिक- भारतबाट मजदूरी गरेर तिहार मान्न नेपाल आउँदै गरेका ३ नेपालीको मृत्यु भएको छ । भारतको सीमलाबाट मजदुरी गरी फर्किँदै गर्दा गाडी दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । मृत्यु हुने सबै जाजरकोट जिल्लाका भएपनि उनीहरुको परिचय भने खुलेको छैन । दुर्घटनामा करिव ९ जना घाइते भएका छन् ।
Advertisement
घाईतेहरुको लखिमपुर अस्तपालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपालीहरु चढेको गाडीलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । यस सम्बन्धमा भारतीय प्रहरीसँग नेपाल प्रहरीले अनुसन्धानका लागि समन्वय गरिरहेको छ ।
