काठमाडौंमा आजबाट दाउरा विक्रि गर्दै नेपाल सरकार प्रतिकिलो १५ रुपैयाँ !
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक २९ /खाना पकाउने एलपीजी ग्याँसको चरम अभाव भएपछि सरकारले विकल्प स्वरुप आजबाट उपभोक्ताहरुलाई दाउरा विक्री गर्ने भएको छ ।
वन मन्त्रालयको निर्णय अनुसार टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन) ले काठमाडौ उपत्यकाका उपभोक्ताहरुलाई आइतबार विहानबाट ग्याँसको विकल्पमा दाउरा विक्रि गर्ने भएको हो। टिसीएनले ललितपुरको बालकुमारी र काठमाडौंको गौशालास्थित आफ्नो डिपोबाट एक केजीको १५ रुपैयाँका दरले दाउरा विक्री गर्ने भएको हो। टीसीएनले दाउरा विक्रीका लागि शनिबार आफ्ना दुवै डिपोमा विद्युतीय तराजुको व्यवस्था गरेको छ।