छठ पर्वमा चाहिने बाँसका सामाग्री निर्माणमा व्यस्त छन् सिरहाका डोम समुदाय
Advertise Here Book Now

२९ कार्तिक । तराईवासीका महत्वपूर्ण पर्व छठको अवसरमा प्रयोग हुने बाँसका भाँडाकुडा डाला, नाङ्गलो र टपरीको बिक्रीमा अत्याधिक वृद्धि भएको छ । छठ पूजामा भगवान सूर्य तथा छठी मातालाई चढाइने (प्रसाद) अघ्र्य, बाँसबाट निर्मित डाला, नाङ्गलो र टपरीमा नै दिइने चलन रहेकाले जिल्लाका बजारमा बाँसका भाँडाकुडाले बजार पाएको हो । बाँसका भाँडाकुडा तयार गर्ने पुख्र्यौली पेसा रहेका डुम समुदायलाई अहिले ती भाँडाकुडा माग बमोजिम पूरा गर्न भ्याइनभ्याइ भएको छ ।जिल्लाको सदरमुकाम सिराहा ,मिर्चिया ,गोलबजार ,धनगडी ,लहान सहित दर्जनभन्दा बढी बजारमा अहिले डाला, नाङ्गलो र टपरी किन्नेको घुइँचो लाग्ने गरेको छ ।

माग बमोजिम ती सामान पूर्ति गर्न डुम समुदायलाई हम्मेहम्मे परेको कुरा सिराहाका रामगोपालपुरकाले बताउनुभयो । जिल्लाको बजारमा अहिले एउटा डालाको रु. २ सयदेखि ४ सयसम्म, नाङ्लोको १ सयदेखि २ सय र टपरीको ७० देखि १ सय २० सम्ममा बिक्री हुने गरेको रामगोपालपुरका विपती डुमले बताउनुभयो । छठ पूजामा एउटा परिवारले एउटा डाला, दुई वटासम्म नाङ्गलो र तीनदेखि पाँच वटासम्म टपरी प्रयोगमा ल्याउने गरेकाले यी भाँडाकुडा किन्नमा बर्सेनि एक परिवारले कम्तीमा रु. एक हजार खर्चिनु परेको सिराहा गोविन्दपुरको रोहित मण्डलले बताउनुभयो ।
सिरहाका डुमले छठ पर्वको बेला आप्mना परिवारका प्रत्येक महिला पुरुष एवं बुढादेखि बच्चासम्म सबैलाई बाँसका भाँडाकुडा बनाउनमा लगाएका हुन्छन् । छठ पर्वको बेला सिरहाका प्रत्येक डुम परिवारले आफनो कार्य क्षमताअनुसार दुईतीनदेखि पाँच÷सात लाख रूपैँयासम्म कमाउने गरेको कुरा लहानका साधु डुमले बताउनुभयो । सिरहाका करिब एक हजार डुम परिवार अझै पनि बाासकै भाँडाकुडा बनाएर आफनोजीविकोपार्जन गर्न सक्षम रहेका छन् । छठ पूजाबाहेक सिरहाका डुम समुदायले बनाएका बाँसका डाला, नाङ्गलो र टपरी पूजाआजा, शुभकार्य र कर्मकाण्डको बेला बिक्री हुने गर्दछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्