मधेसका समस्या समाधान गर्न एमाओवादी अध्यक्ष दाहालको सक्रियता
Advertise Here Book Now

Siraha Times's photo.
ऑनलाइन सिरहा डटकम कार्तिक ३०/ मधेसमा जारी आन्दोलनलाई सम्बोधनको प्रयासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन्।
एमाओवादी अध्यक्ष दाहालले आन्दोलनरत मधेसी मोर्चाका नेतासँग अनौपचारिक छलफल गर्ने भएका हुन्। मधेस आन्दोलन समाधान गर्ने विषयमा सोमबार विहान प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका दाहालले समस्या समाधानका लागि सोमबार नै मधेस केन्द्रित दलका अध्यक्षसँग अनौपचारिक वार्ता समेत गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष दाहालले मधेसको समस्या समाधानका बारेका विभिन्न विकल्प प्रस्तुत गरेका थिए।
दाहाल निकट स्रोतका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकका हैसियतले दाहालले मधेसको समस्या समाधान गर्न अग्रसरता लिएका हुन्। प्रधानमन्त्रीसँगको छलफलमा आइतबार मधेसी मोर्चासँग भएको वार्ता र मधेसी मोर्चाले राखेको मागका विषयमा समीक्षा भएको थियो। तीन महिनादेखिको मधेस आन्दोलन र दुई महिनादेखिको नाकाबन्दीका कारण मुलुक गम्भीर संकटमा परेको भन्दै अनौपचारिक रुपमा मधेसी नेतासँग छलफल गरी औपचारिक वार्तामा बस्ने दाहालको योजना रहेको बुझिएको छ।
मोर्चाको मुख्य माग सीमकंनका विषयमा संघीय आयोग र राजनीतिक सहमतिका आधारमा समाधान गर्ने लगायतका विभिन्न विकल्पमा दाहालले मोर्चाका नेतासँग छलफल गर्ने स्रोतले जनायो। अनौपचारिक छलफलमार्फत समस्या पहिचान गरी राजनीतिक वार्तामार्फत समाधान निकाल्ने गरी दाहाल सक्रिय भएको बुझिएको छ। प्रमुख दलका शीर्षनेताहरुको राजनीतिक समिति बनाएर सीमांकनको विवाद टुंग्याउने प्रचण्डको प्रस्ताव छ।
यसमा कांग्रेस र एमाले सकारात्मक छन्। तर, मधेसी मोर्चाले उधारो सहमति स्वीकार्य नहुने बताएको छ। प्रदेशको सीमाकंनलगातका विषयमा असन्तुष्टि राख्दै मधेसी मोर्चाले नाकाबन्दी र मधेस आन्दोलन गरिरहेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्