नेपाली काँग्रेसको अस्तित्व महोत्तरीमा समाप्त हुदै
Advertise Here Book Now
केन्द्रिय नेतृत्वको अपरिपक्व कृयाकलाप र मधेश विरोधी संबिधान निर्माणको नेतृत्व गरेर महोत्तरी लगायत सम्पुर्ण मधेशमा नेपाली काँग्रेसले आफ्नो अस्तित्व गुमाउन लागेको एक अन्र्तवार्तामा भनिएको छ । नेपाली काँग्रेस महोत्तरी मा ३५ वर्ष देखि सकृय भुमिका निर्वाह गरेका नेपाली काँग्रेस क्षेत्र नं. ४ महासमिति सदस्य नैन्ही गाविस वडा नं. ५ सानो मलिवार निवासी ईश्वर नारायण पाण्डेयले सो बताएका हुन । प्रस्तुत छ उहाले दिनुभएको अन्र्तवार्ताको संक्षिप्त विवरण ।श्न ः मधेश आन्दोलन सम्बन्धी तपाईको धारणा के छ ?,वर्तमान अवस्थामा मधेशवादी दल र नेपाली काँग्रेसको अवस्था के छ ?
उत्तरः प्रथमत २०३६ साल देखि म राजनितिमा सकृय रहको अवगत गराउन चाहन्छु । मधेश र मधेशीको हक र अधिकारको लागि आवाज आज देखि उठेको हैन कि धेरै पहिले देखि नै उठिरहेको आवाज हो तथापी त्यती बेला मधेशका नेताहरुले नै विभिन्न प्रलोभनमा परेर सो मुद्दालाई दबाएको एउटा कटु सत्य पनि हामी माझ छ । २०६२।६३को आन्दोलनले आफ्नो मधेशको अस्तित्व कायम गर्यो र नेपालमा मधेश समेत छ भनेर विश्वलाई नै अवगत गरायो । सो आन्दोलन पछि भएको निर्वाचनमा मधेशवादी दलले अपार वहुमत पायो । सो बेला मधेशवादीदलले अग्रनी भुमिका निर्वाह गरेपनि नेपाली काँग्रेस लगायत अन्य दलमा रहेका मधेशी नेता तथा कार्यकर्ताले समेत सो मा योगदान दिए । सो पछि मधेशवादी दलले अपार वहुमत पाएको हो । जुन एजेन्डाका कारण मधेशवादी दलले वहुमत पाए मलाई लाग्छ सुरुवातमै मधेशवादी दलले सो एजेण्डा छोरिसके र माओवादीसंग सरकार बनाए ।
मधेशलाई विभक्त गर्न केन्द्रिय खसवादीहरु लागि परेको अवस्थामा मधेशवादी दलसमेत कमजोर रहेको देखिन्छ । खशवादीहरु भन्छन मधेशको चारवटा कमजोरी हामीलाई थाहा छ ,युवालाई सराव र सवाव त्यो भन्दा पाकोलाई कुर्सी र पैसा । यो चार कुरामा मधेशी टुटदै आएको अवस्था छ । कहि न कहि यो कुरा आजको आन्दोलनमा समेत लागु भएको देखिएको छ । जस्को प्रत्यक्ष नजिर विजय गच्छदारलाई हामीले देखिसकेको अवस्था छ । एकातर्फ हामी सवै मधेशी एक भन्छौ तर कहि न कहि सवै मधेशीलाई समेटन मधेशवादी दलले नसकेको अवस्था छ । उनीहरुमा आफैमा भेदभाव रहेको अवस्था छ ।
तिन महिना देखि चल्दै गरेको आन्दोलन लम्बिनुको एउटा कारण मधेशी जनता पनि हुन । यहाका अधिकाँश जनता अशिक्षित छन । त्यसैले हामीले पहिला त मधेशका जनतार्ले लोकतन्त्र वारे जान्नु पर्छ र सो जान्न मधेशी जनतालाई साक्षर गरेर उनको हक र अधिकार वारे सम्पुर्ण जानकारी दिन आवश्यक रहेको छ । म नेपाली काँग्रेसका केन्द्रिय नेतृत्वलाई आग्रह समेत गर्न चाहन्छु कि एउटा भनाई छ मधेश तब काँग्रेस आज त्यो भनाई कहि न कहि समाप्त हुने कगार मा छ । आज मधेशमा काँग्रेसको जनआधार समाप्त हुदै छ र यसमा काँग्रेसको नेतृत्वकर्ता मुख्य दोषी देखिएका छन । म खासगरि सिटौला जी लाई भन्न चाहन्छु मधेशी राष्ट्रपति या उपराष्ट्रपतिले हाउसमा केहि बोल्दा उहा त्यसको खण्डण गर्न खोज्छन भने पहाडी मुलका राष्ट्रपति या उपराष्ट्रपतिले केहि बोल्दा उनको मुखबाट सो को खण्डण हुदैन किन ? मधेशको जनतालाई दबाएर राखिदै आएको छ र भेदभाव गरिदै आएको छ चाहे त्यो काँग्रेस होस,एमाले होस या एमाओवादी होस । यस्तै चल्दो भने चाडै मधेशमा काँग्रेस पुर्णरुपमा समाप्त हुने छ ।
प्रश्न ः नेपाली काँग्रेस महोत्तरीको अवस्था के छ ?
उत्तर ः गत संसदिय दलको चुनावमा हार र जित पछि आरोप प्रत्यारोपको क्रममा केन्द्रले समेत केहि सहि निर्णय लिन नसक्दा काँग्रेस महोत्तरी चर्मराएको अवस्था छ । हाल कागजमा भएपनि व्यवहारमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति नरहेको अवस्था छ । सभापति समेतले सवैलाई समेट्न सकेनन । नया ढंगबाट कार्यसमिति नआएसम्म सकृय नहुने अवस्था छ ।
प्रश्न ः नेपाली काग्रेसको नेतृत्वमा नेपालको संबिधान २०७२ जारी गरियो काँग्रेस भित्रका मधेशीले किन आवाज उठाएन ?
उत्तर ः नेपाली काँग्रेसको नेतृत्वमा बनेको संबिधानमा केन्द्रिय नेतृत्वले मधेशी नेता र कार्यकर्तालाई ठगेर ल्याएको संबिधान हो हामीलाई मधेशको सवै अधिकार मधेशीलाई दिईन्छ भनेर आश्वासन दिईयो तर त्यो भएन केन्द्रले छल गरेर ल्याएको संबिधान हो । जसमा सिटौलाजीको अहम भुमिका छ ।
प्रश्न ः मधेशमा जारी आन्दोलनमा तपाई कसरी लाग्नु भएछ ?
उत्तर ः म नेपाली काँग्रेसको भएकोले पार्टीगत रुपमा नभएपनि व्यक्तीगत रुपले मधेशी माथी भईरहेको भेदभावमा म लगायत काँग्रेसका अन्य नेता कार्यकर्ताले नैतिक समर्थन जनाएका छौ ।
प्रश्न ः काँग्रेसले वर्तमानमा अपेच्छा राखेको पद पाउन नसक्दा काँग्रेसले पदिय लोभले संबिधान संसोधनको कुरा उठाएको त हैन ?
उत्तर ः सवभन्दा पहिले त संबिधानमा मधेशसंग काँग्रेसले धोखा गरेको म प्रस्ट गर्न चाहन्छु । वर्तमानमा संसोधनको कुरा काँग्रेसले उठाउछ भने म त्यसलाई भुल सुधारको रुपमा लिन्छु । महोत्तरी लगायत मधेशमा आन्दोलनका क्रममा जनता मारिएपछि आन्दोलन कुनै दलमात्रको नभई आम जनसमुदायको आन्दोलन भएको कुरा समेत अवगत गराउन चाहन्छु । सोच्दै नसोचेको अवस्था आईसकेकोमा केन्द्रले भुल सुधार तर्फ उन्मुख हुदा त्यसलाई अन्यथा नलिन सवैमा मेरो अनुरोध छ । एमाले गृहमन्त्री भएको वेला मधेशमा नरसंहार भएपनि नेतृत्व काँग्रेसको भएकोले नैतिक जिम्मेवार काँग्रेस नै हो । एमाले र माओवादी विश्वास गर्ने दल नभएपनि काँग्रेसले उनीसंग जे कारणले भएपनि सरकार बनाएपनि त्यो ठुलो भुल हो र क्रमश यसलाई सुधार गरेर मधेशीको अधिकार सुनिश्चित गर्नु आवश्यक छ ।
प्रश्न ः भारतलाई आन्दोलनमा कुन रुपमा लिनु हुन्छ ?
उत्तर ः भारत हाम्रो छिमेकी हो तर उसले पनि नेपाल प्रतिको आफ्नो स्पस्ट निती सार्वजनिक गर्नु पर्छ । नेपालमा भारत विरोधी गतिविधी हुनु नेपालकै घाटा रहेकोले नेपालले समेत यस्तो परिस्थितीमा संयमित हुनु जरुरी छ ।
प्रश्न ः अन्त्यमा मधेशवादी दल र यहाका जनतालाई के सुझाव दिनु हुन्छ ?
उत्तर ः चालु आन्दोलनलाई संयमित र मर्यादित बनाउनु नितान्त आवश्यक छ । बढदै गरेको कालाबजारीलाई नियन्त्रण गर्न मोर्चामै घुसपैठ गरेका कालोबजारी गर्नेको पहिचान गर्नु पर्छ । सहि उदेश्यका साथ सुरु भएको आन्दोलनमा केहि व्यक्तीले निजी स्वार्थका लागि आन्दोलनलाई बदनाम गर्न खोजेको अवस्थामा सो नियन्त्रण आवश्यक छ । अन्तराष्ट्रिय जगतको चासो को विषय भएकोले ईमान्दारी पुर्वक सवैको सहयोग लिएर निकास खोज्नु आवश्यक छ । साथै विभिन्न ठाउवाट जायय माँग सम्बन्धी आएको कुरामा भन्न चाहन्छु कि नाजायज माँग के हो ? खसवादीहरुको यस्तो अभिव्यक्ती आउनु दुखद हो । साथै जनताले पनि अधिकारको लागि लडाई गरेका कारण एकजुट हुनु आवश्यक रहेको छ । पार्टीगत एकतापनि त्यतीनै आवश्यक भएकोले सवै मिलि आन्दोलनमा विजय हासिल गरुन भन्ने मेरो शुभेच्छा छ । धन्यवाद