मधेसी दलसँगको वार्तालाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक३०/कात्तिक ३०: प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच अघोषित नाकाबन्दीबाट उत्पन्न समस्या र मधेसी दलसँगको वार्ताका सम्बन्धमा आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मधेसी दलसँगको वार्तालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
आइतबार प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्तालाई निरन्तरता दिई टुङ्ग्याउने र सीमाङ्कनका विषयमा पनि कसरी सहमति जुटाउन सकिन्छ भन्ने बारेमा छलफल भएको उनले जानकारी दिए।
आइतबार प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्तालाई निरन्तरता दिई टुङ्ग्याउने र सीमाङ्कनका विषयमा पनि कसरी सहमति जुटाउन सकिन्छ भन्ने बारेमा छलफल भएको उनले जानकारी दिए।
यस्तै, सीमाङ्कनमा सहमति जुटाउने र मधेसी दलसँग अलगअलग वार्ता गरी निष्कर्ष निकाल्नुपर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए।