नेपाल-भारतबीच राहदानीको व्यवस्था हुनुपर्छ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक३०/वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाले नेपाल र भारतको सीमा सुरक्षाका लागि राहदानीको व्यवस्था हुनुपर्ने बताएका छन्।
दुई देशका जनताबीच लामो र ऐतिहासिक सम्बन्ध रहे पनि भारतीय शासक वर्ग र केही गलत तत्वले बेलाबेलामा जनतालाई लडाउने र भड्काउन प्रयास गरेकाले राहदानीको व्यवस्था हुनुपर्ने उनको तर्क छ।
नसासम्बन्धी ‘म्यास्थेनिया ग्राभिस को अमेरिकामा उपचार गरेर हालै फर्किएका ‘प्रेस स्वतन्त्रता सेनानी बाट सम्मानित थपलियाले तराई मधेसका आन्दोलनमा केही भारतीय पक्षको पनि संलग्नता पाइनुले दुई देशको सम्बन्ध बिगार्ने र नेपाली जनतालाई कष्ट दिने गिद्धे दृष्टि राख्ने तत्वको स्वार्थ देखिएको बताए। उनले भने-‘नेपालको सुरक्षाका लागि भारतीय सीमामा नेपालले बार हाल्नैपर्छ र राहदानीको व्यवस्था हुनुपर्छ। दैनिक आवातजावत र आपसी व्यापारका लागि विशेष व्यवस्था गर्नुपर्छ।

उनले नयाँ संविधानमा असन्तुष्ट भई मधेसी दलले गरिरहेको आन्दोलनले लोकतन्त्रको हित नगर्ने र यसले नेपाललाई विखण्डनतर्फ धकेल्ने दाबी पनि गरे।
जनआन्दोलनका घाइते रहेका थपलियाले अमेरिकामा रहँदा पनि नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाएका थिए। थप उपचारका लागि केही महिनापछि खर्च जुटाई पुनः अमेरिका जाने जानकारी दिए।