प्रहरीको कुटाइबाट युवकको मृत्यु भएको भन्दै छानविन गर्न माग
Advertise Here Book Now
बागलुङ, ३० कात्तिक-
प्रहरी नियन्त्रणपछि छुटेर बिरामी परेका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरी र मृतकका आफन्तबीच विवाद उत्पन्न भएको छ ।
प्रहरी नियन्त्रणपछि छुटेर बिरामी परेका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरी र मृतकका आफन्तबीच विवाद उत्पन्न भएको छ ।
बागलुङ जिल्लाको तङ्ग्राम घर भई सदरमुकाममा बस्ने २१ वर्षीय रवीन पुनको निधनलाई लिएर विवाद भएको हो ।
लागुपदार्थ दुव्र्यसनमा संलग्न रहेको आरोपमा गत कात्तिक १९ गते पक्राउ परेका पुनको प्रहरी कुटपिटका कारण मुत्यु भएको आफन्तले आरोप लगाएका छन् । प्रहरीले भने नियन्त्रणपछि सम्झाइबुझाइ सोही दिन नै पुनका दाजु सागर पुनलाई जिम्मा लगाएको जनाएको छ ।
पुनलाई पक्राउ गरी हिरासतमै नराखी छाडिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । पुनले लामो समयदेखि सुईको माध्यमबाट लागुऔषध सेवन गर्दै आएको प्रहरी दाबी छ ।
“सुई प्रयोग गरेर लागुऔषध प्रयोग गर्दै आएको पाइएपछि उनलाई पक्राउ गरी परामर्श दिएर सोही दिन नै आफन्तको जिम्मा लगाएका हौँ” प्रनाउ सिंहले भन्नुभयो – “पुनका आफन्तले लगाएको आरोप झुठो छ, त्यसमा कुनै सत्यता छैन ।” आफन्तले भने नियन्त्रणमा लिएका बेला प्रहरी कुटपिटका कारण गम्भीर असर पर्न गई पुनको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रहरीबाट नियन्त्रणमुक्त भएको एक सातापछि पुनलाई कडा ज्वरो आएपछि आफन्तले बागलुङको निलगिरि अस्पताल लगेका थिए । बागलुङमा उपचार हुन नसकेपछि पुनलाई पोखराको मणिपाल अस्पताल पु¥याइएको थियो । पुनको आइतबार उपचारकै क्रममा निधन भएको हो । पुनको निधनपछि प्रहरी र मृतकका आफन्तबीच छलफल भएको जनाइएको छ ।
सोमबार शवलाई बागलुङ ल्याई परीक्षण गर्ने सहमति भएको पुनका आफन्त केशव थापाले जानकारी दिनुभयो । मृतकका परिवार र आफन्तजनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् । रासस


