कारको ठक्करबाट दुईजनाको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक २८/चितवनको राप्ती नगरपालिकास्थित राजमार्गमा कारको ठक्करबाट शुक्रबार साँझ दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ स्थित भण्डाराको मार्ताल पुल नजिक भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना१३च ३२१५ नंको कारको ठक्करले दुई पैदलयात्रीको ज्यान गएको हो ।
उक्त दुर्घटनामा कारको ठक्करबाट राप्ती नगरपालिका– ८ का १७ वर्षीय असीम पौडेल र सोही ठाउँकी २० वर्षीया जस्मिना उप्रेतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।
ठक्करबाट घाइते भएकी सोही ठाउँकी ३२ वर्षीया जानुका कोइरालाको भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक भने नरहेको प्रहरीले बताएको छ ।
ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्