(अपडेट) एसपीकाे गाडीमा अागजनी, राजमार्गमा पक्की पुल भत्काइयाे
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ६/सप्तरीको रुपनी र भारदहमा गए राती भएको प्रहरी दमनको बिरोधमा आक्रोशित
प्रदर्शनकारीले आज केहि बेर अघि राजविराजमा जिल्ला प्रहरी प्रमुख एसपी भिम
ढकाल चढेको ना १ झ १३१६ गाडीमा आगजनि गरेका छन् । यस्तै रुपनी मोडमा रहेको
प्रहरी बिट पनि जलाउनुका साथै राजमार्गको बरमझियास्थित सुन्दरी खोलाको पुल
आधा भत्काइदिएका छन् ।जिल्ला प्रहरी प्रमुखको गाडीमा आगजनि गरी भागेका प्रदर्शनकारी गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लुकेको सूचनाको आधारमा थप बल सहित आएको प्रहरीले अस्पताल हातामा प्रवेश गरी जथाभावी लाठी चार्ज गरेको अस्पतालका असिस्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट टेकनारायण मण्डलले बताए । उनको अनुसार प्रहरीको अन्धाधुन्द लाठी प्रहार तथा कुटपिटका कारण अस्पतालका प्याथेलोजिस्ट डा. विश्वनाथ मण्डल घाइते भएका छन् । यस्तै केही बिरामीका कुरुवा पनि घाइते भएका छन् ।
यस्तै आक्रोसित प्रदर्शकारीले राजमार्गको सुन्दरी खोलाको पुललाई आधीभन्दा बढी भत्काइदिएका छन् । पुल भत्काउन थालेपछि थप दलबल सहित पुगेको प्रहरीले लाठी चार्ज गर्न थालेपछि त्यहाँ भएको झडपमा आधा दर्ज प्रदर्शनकारी घाइते भएका छन् । अब उक्त पुलबाट एकतर्फी रुपमा मात्र गाडी चलाउन मिल्ने भएको छ । सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएको छ ।
एता सदरमुकाम राजबीराजमा प्रदर्शनकारीहरुर प्रहरीपछि बिभिन् स्थानमा झडप भएको छ । प्रहरीले ६ सेल टेयर ग्यास प्रहार गरेको छ ।

