नेपालद्वारा पपुवा न्युगिनीलाई २३३ रनको लक्ष्य प्रस्तुत
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक ३०/विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई २३३ रनको लक्ष्य दिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)को शेख जाहेद रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो।
नेपालका लागि शरद भेसवाकरले सर्वाधिक ७८ रन बनाए। ८२ बल खेलेका उनले ५ चौका प्रहार गरेका थिए। यस्तै, ओपनर सुवास खकुरेलले ६३ रन बनाए। १०४ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए।
पहिलो बलमा ओपनर अनिल मण्डल आउट भएपछि दबाबमा परेको नेपालले दोस्रो विकेटको रुपमा सागर पुनलाई गुमायो। सागर १० रन बनाएर आउट भए। त्यस्तै, तेस्रो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २३ रनमा गुमायो।
टिमको स्कोर ८६ हुँदा नेपालले चौथो विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाउन पुग्यो। उनले मात्र ६ रन वनाए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्