बाबुद्वारा आफ्नै छोरी बलात्कार
Advertise Here Book Now
दैलेखको भैरीकालिकाथुम गाविसमा सोमबार दिउँसो आफ्नै बाबुले छोरीलाई बलात्कार गरेका छन्। विहान खाना खाने समयमा घरमा कोही नभएको मौका छोपी आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
आफ्नै छोरी बलात्कार गर्ने ३४ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यालयले थुनामा राखेको छ । बलात्कारसम्वन्धि घटनामा न्याय माग्दै आमाछोरीले प्रहरी समक्ष पुगेका थिए। बलात्कारपछि यौनी च्यातिएर रगत बगिरहेको जिल्ला अस्पताल दैलेखले जनाएको छ।
मदिरा खाएर आफ्नै छोरीमाथि दर्दनाक रुपमा बलात्कार गरेको अनुसन्धानले देखाएको निमित्त दैलेख प्रहरी प्रमुख प्रहरी निरीक्षक पुस्कर चन्दले बताए ।

