दुई साता पछि स्वतन्त्र मधेश घोषणा हुने र मधेस सशस्त्र क्रान्तीतिर लम्कीने
Advertise Here Book Now


नेपालगञ्ज ३० कार्तिक । छठ पछि नेपाल सरकारले मधेशको माग पुरा नगरे दुई साता भित्र स्वतन्त्र मधेश घोषणा हुने पूर्वमन्त्री इस्तियाक राईले चेतावनी दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसमेत रहेका राईले स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले तत्काल मधेशको माग पुरा नगरे मधेश स्वतन्त्र हुन समय नलाग्ने औल्याए ।

राईले भने, ‘२ सातापछि सरकारबाट जस्तो सुकै चौनौती आएपनि त्यसको सामना गर्न मधेशी समुदाय तयार छन् । दुई सातामा मधेश स्वतन्त्र भएको घोषणा पनि हुन सक्छ ।’

उनले दुईसाता पछि नेपाल र मधेशबीच सशस्त्र क्रान्तीको सम्भावना बढी रहेको भन्दै नेपाल सरकारलाई सचेत रहन आग्रहसमेत गरे । डा.सीके राउतले उठाएको माग जायज रहेको भन्दै मधेशका युवाहरु मधेश देशका लागि सशस्त्र सघर्षको लागि पनि तयार भई सकेको बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्