बगहीमा १५ लाख बराबरको माछा अज्ञात समुहद्धारा क्षति ।
Advertise Here Book Now

बीरगंज, २४ कार्तिक
पर्सा जिल्ला गाविस बगही वडा नं. ३ मा लाखौ मूल्य बराबरको माछा अज्ञात समुहले मारेका छन् । बगही निवासी गेनालाल पटेलले नेपाल बैंक लिमिटेडबाट रु दस लाख ऋण लिई ४ महिना पहिले आफ्नै जग्गामा माछा पालन व्यवसाय शूरु गरेका थिए । डेढ विगहा जग्गामा शुरु गरिएको माछा पालन १९ गते राति अज्ञात समुहले पोखरीमा गई विषादी औषदी छर्र दिँदा पोखरीमा रहेका करिब ५ लाख पचास हजार सानो माछा (४ र ५ इन्च बराबर) को माछाहरु मृत अवस्थामा फेला परेको पिडित पटेलले बताए । पटेलका अनुसार केही व्यक्तिहरुमाथि शंका रहेको तर पूण यकिन नभएकोले सम्बन्धित निकायलाई निष्पक्ष जाँच गरि दोषी पत्ता लगाई कारवाही गर्न अनुरोध समेत गरेका छन् । हालका दिनमा मध्य तराइमा माछा पालन व्यवसाय राम्रो फस्ट्याउदै गएको हुनाले आफु सो व्यवसायमा लागेको पिडित पक्षले बताए ।
अज्ञात समुहले हत्या गरिएको पाँच लाख पचास हजार पीस माछाको मुल्य करिब रु. १५ लाख बराबरको नोक्सानी भएको बताउनु भयो ।

