प्रशारण लाइनको तार चुडिएर करेन्ट लाग्दा ११ जनाको मृत्यु (घटनास्थलका तस्बीरहरुसहित)
Advertise Here Book Now
रामभरोसी यादव सिरहा
जयनगर (भारत)– सिरहास्थित नेपाल–भारत सीमा क्षेत्र माडरबाट १० किलोमिटर भित्र पर्ने भारतको मधुवनी बिहार जयनगरमा करेन्ट लागेर ११ जनाको मृत्यु भएको छ ।
११ केभीए प्रशारण लाइनको तार चुँडिएर सडकमा रहेको भीडलाई करेन्ट लाग्न पुगेको हो । करेन्ट लाग्दा ९ जनाको घटनास्थल र २ जनाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीडभाग रहेको स्थानमा नजिकैको प्रशारण लाइनको तार चुडिन पुगेको थियो । लगत्तै त्यहाँ सामान किनबेचका लागि भेला भएका मानिसहरुलाई करेन्ट लाग्न पुगेको थियो । मृतकहरु अधिकांशको शरीर डढेको छ । यस्तै घटनामा झण्डै एक दर्जन घाइते भएको र उनीहरुलाई उपचारका लागि जयनगर अस्पतालमा भर्ना गरिएको छ ।
घटनास्थलमा तरकारी र फलफूलका ठूलो मण्डी रहेको र सोहि भीडमा माथिबाट तार खस्दा ११ जनाको ज्यान गएको हो ।
घटनास्थलमा नेपालीहरुको पनि व्यापार रहेकाले नेपाली परे नपरेको केहि खुल्न सकेको छैन । जयनगर प्रहरीले अहिलेसम्म मृतकको पहिचान हुन नसकेको जानकारी दिँदै नेपाली पनि परे नपरेको बारे अहिल्यै केहि भन्न नसककिने अवस्था रहेको जानकारी दियो ।
यसैबीच घटनापछि स्थथानीयले प्रशासनको असावधानीले ठूलो घटना हुन पुगेको भन्दै विरोध प्रदर्शन समेत गरेका छन् । उनीहरुले घटना घटिसकेपछि पनि प्रशासनले लाइन बन्द नगराएको र सोहि कारणले धेरैको ज्यान भएको भन्दै प्रदर्शन गरेका हुन् ।