मोटरसाईकलको ठक्करबाट धनुषामा महिलाको मृत्यु
Advertise Here Book Now
महोत्तरी, २९ कार्तिक । धनुषाको महेन्द्रनगरको क्षीरेश्वरनाथ नगरपालिका–७ हरैया नजिक मोटरसाइकलले ठक्कर दिदा एक पैदलयात्रु महिलाको मृत्यु भएको छ । शनिबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका क्षीरेश्वरनाथ नगरपालिका ७ का अन्दाजी ६० बर्षीय शान्ति देवी पंण्डितको मृत्यु भएको हो । सडक पार गर्दै गरेका पंण्डितलाई शनिबार बेलुकी ज २ प ४४७९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट पंण्डित गम्भिर घाईते भएको थियो ।
पंण्डितको उपचारको क्र्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यलयका महेन्द्रनगरका प्रहरी निरिक्षक हरिहर ढकालले जानकारी दिनु भयो । प्रहरीका अनुसार मोटरसाईकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरकोे नियन्त्रणमा छ भने मोटरसाईकल चालक फरार रहेको बताए । चालकको खोजतलास तिब्र रुपमा जारी रहेको प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।