मधेसी संग सेना को धम्की होइन उसको अधिकार को कुरा गरौं :डॉ मुकेश झा
Advertise Here Book Now
नारायण मान बिजुक्षे एक यस्ता व्यक्ति हुन जो लगभग कुनै न कुनै रूप मा देश को राजनीति मा सक्रीय रूप मा रहेका छन। 2046 साल पछि लगभग सांसद कै रूप मा ऊनि संसद भवन जान्छन तर आज सम्म पनि उनको पार्टी ले कहिले पनि देश हित को लागि कुनै ठोस प्रस्ताव देश लाई दिएको सुन्न सकिएको छैन। न त उनको पार्टी कहिले प्रतिपक्ष मा हुन्छ न सत्ता मा। बल्ल तल्ल “भक्तपुरे पार्टी” को रूप मा स्थापित नेपाल मजदूर किसान पार्टी का नेता ले आफ्नो हैसियत र बिगत का कार्य अनुसार नै वक्तव्य दिएको भए राम्रो हुन्थ्यो। माइक र मंच पाउँदै मा जथाभावि बोल्ने नेता “ठुलो” हुँदैन, देश र जनता को हित मा बोल्ने नेता नै असल कहलिन्छ। टोले नेता जस्तो ताली पाउन निम्न स्तर को वक्तव्य दिने र आफु लाई राष्ट्रवादी भन्ने नेता हरु को अहिले भरमार भएको छ। आखिर किन न होस्, ओली जी को प्रधानमंत्री काल हो। यसमा यस्तै सल्लाह दिने हरु को बिगबिगि हुनु स्वाभाविक छ।
नेपाली सेना लाई विजुक्षे जी ले आफ्नो कमइया या खेताला न सम्झेको राम्रो हुन्छ। सेना देश को स्वाभिमान हुन्छ जसलाई कुनै पार्टी अध्यक्ष ले धम्की को रूप मा प्रस्तुत गर्नु वास्तव मा सेना को अपमान हो। सेना को अपमान सारा देश को अपमान हो। तर सांप्रदायिक मानसिकता बोकेका नेता ले कहाँ त्यस्तो सोच्नु? उसलाई त जनता भड़काउनु छ, देश मा अन्यौल सृजना गर्नु छ र देश लाई दिशाहीन बनाउनु छ।मधेस आंदोलन माथि अहिले विश्व को आँखा रहेको बेला त्यसको महत्व न बुझ्ने विजुक्षे जी अहिले पनि 19औं शताब्दी को राणा काल कै अवस्था सोची रहेका होलान जतिबेला सेना लगाएर शांतिपूर्ण आंदोलन दाबाइन्थ्यो। विजुक्षे जी लाई पुनः याद दिलाउनु जरुरी छ की अहिले मधेसी मुद्दा UN सम्म पुगेको छ तसर्थ मधेसी माथि जथाभावि हस्तक्षेप को प्रयास न गरेकै राम्रो हुनेछ।
सेना परिचालन को कारण पनि कस्तो ? भारतीय गुण्डा आएर मधेस का नेपाली लाई दुःख दिए रे। बिजुक्षे जी लाई भारतीय गुण्डा आएको कस्ले भन्यो? स्वयं गुण्डा ले या मधेस का जनता ले या उनका आसे पासे ले? के संविधान ले सेना परिचालन गर्ने अवस्था बारे स्पष्ट धारणा राखेको छैन? यदि छ भने संविधान ले भनेको अवस्था न आई सेना परिचालन गर्ने वक्तव्य दिनु संविधान को उल्लंघन गर्नु होइन? संविधान को उल्लंघन गर्नु देश द्रोह होइन? तर साम्प्रदायिक खेल मा लिप्त व्यक्ति ले यस्ता कुरा लाई किन महत्व दिन्थे? वहां लाई थाहा छ, नेपाल एक समूह को हो र त्यो समूह ले नेपाल को बारे जे बोले, जे गरे पनि कुनै कानून लाग्दैन।
विजुक्षे जी को अर्को विवादित वक्तव्य “नदी नाला दिने बदला मा वार्ता न गर्ने भनेका छन्। होइन आंदोलन पक्ष ले नदी नाला मंगेको हो? यदि वहां को भनाई को तात्पर्य छिमेकी मुलुक भारत संग को हो भने बिजुक्षे जी लाई कसले भन्यो यो कुरा त्यो पनि स्पष्ट हुनु पर्छ। बेकार मा भारत, चीन, जापान, अमेरिका को नाउ लिनु भन्दा ठोस सबूत लिएर कुरा गरेको राम्रो हुनेछ।
नारायण मान विजुक्षे जी लाई आग्रह, नेपाली सेना को धम्की देखाएर आंदोलन दबाउन खोज्नु भन्दा एक चोटी मधेस आई मधेसी जनता को माझ उनीहरु संग भला कुसारी गरी वास्तविक स्थिति थाहा पाएको भए राम्रो। पीड़ा को इलाज ज्यान लिएर होइन यथोचित उपचार गरेर हुन्छ।


