यसरी बोली फेर्दैछ उमेश यादव मन्त्री बनेपछि
Advertise Here Book Now

संविधानसभामा कुर्सी भाँचेर निकै चर्चामा आएका एमाओवादी नेता उमेश यादवको बोली आजभोली फेरिएको छ । मधेशी जनताका लागि भन्दै सरकार विरुद्धको विभिन्न कार्यक्रममा सरिक हुँदै आएका थिए ।

तर पछिल्लो समय उनी मधेश आन्दोलनका विरुद्धमा भड्किला भाषण दिन थालेका छन् । विहीबार रिपोर्टस् क्लवले गरेको देउँसी भैलो कार्यक्रममा सिचाई मन्त्री भएका यादवले मधेशवादी दलले गरेको नाकाबन्दी गलत भएको बताएका छन् ।

मन्त्री यादवले नाकाबन्दी मधेशीले होइन भारतले गरेको दाबी गरेका छन् । उनले नाकाबन्दी भारतको बाहाना भएको बताए । उनले अधिकांश समय मधेश आन्दोलनको खिलाफ मै समय विताए ।
Advertisement


मन्त्री यादवले आत्मनिर्णयको प्रयोग गर्न हिजो पनि भोकभोकै लडेको भन्दै आज पनि त्यस्तै अवस्था आएकोले लड्न तयार रहेको बताए । उनले अहिले झुपडीदेखि मन्त्री क्वार्टरसम्म एउटै अवस्था भएको भन्दै मुलुक भित्र देखिएका असन्तुष्टीका आवाज संबोधन गर्न नेपाली आफै सक्षम रहेको दाबी गरे ।

उनले नाकाबन्दी मधेश आन्दोलनको कारण नभई मधेशको आन्दोलनको बहाना भएको दावी गर्दै आत्मनिर्णयको अधिकार प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको दावी गरे ।

मधेशीको मागको समर्थनमा संविधानसभामा उग्र प्रदर्शन गरेका यादव पछिल्लो समय मधेशवादी दलका विरुद्ध देखिदै आएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्