सिरहामा माँग सम्वोधन गराउन खबरदारी सभा हुँदै ।
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा,२८ कार्तिक ।
मधेशको माँग सम्वोधन गराउन सिरहाको बन्दिपुरमा आज (शनिबार) खबरदारी सभा हुँदैछ । स्वायत मधेश प्रदेश, समानुपातिक समावेशी प्रतिनिधित्व, नागरिकता ऐनमा रहेको बिभेद अन्त, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गराउन र जारी मधेश आन्दोलनबाट अधिकार सम्पन्न गराउनका लागी खबरदारी सभाको आयोजना गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आयोजनामा भईरहेको खबरदारी सभालाई संधिय समाजवादी फोरम नेपालका अशोक राई, तमलोपाका बृषेशचन्द्र लाल, सदभाबना पार्टीेको राजु गुप्ता र तमलोपाका राम कुमार मंडलले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्