लहानबाट १ किलो सुनसहित राहुल शारडा पक्राउ र भित्री रहस्य
Advertise Here Book Now
लहान २४ कात्तिक । सुनको कारोबार भारतीय नोटबीचको खाडलबाट हुने गरेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय बजारमा एउटै दररेटमा बिक्री हुने सुन कसरी एक देशबाट अर्को देशमा पठाउंने गरेको छ ? यस प्रति व्यापक प्रश्न उठन थालेको छ । यसवारे गोलबजारका एक सुनचांदी व्यापारी भन्छन्— भारत र नेपालबीच सुनको मूल्य खासै अन्तर हुंदैन् । तर, लहान बजारबाट भारतीयहरुले भारु नोट दिएर खरिद गर्ने गरेको छ । लहानका ठूला सुनचांदीका व्यापारीले भारु रुपैयांको कारोबार गरेर कमाउंने चक्करमा यो सुन कारोबार फस्टाएको बताउंछन् उनी ।
सोहीक्रममा लहानमा आज एक किलो सुनसहित एक व्यापारी पक्राउ परेका थिए । पक्राउ पर्नेमा लहान नगरपालिका– ७ का राहुुल शारडा रहेका थिए । शारडा काठमाडौँबाट सुन लिएर आउने क्रममा लहानस्थित सहिद चोकमा बसबाट ओर्लिने क्रममै पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुुर्वेदीले शङ्का लागेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । स्रोतका अनुसार विकास ट्रेडर्सका प्रोप्राइटर विकास शारडाका भाइ राहुुलले विगत लामो समयदेखि सुन भारतीयहरुबाट बिक्री गर्दै आएको छ । सुन खरिद गर्ने भारतीयबाट शारडाले भारतीय नोट लिने गर्छन् । सोही भारतीय नोटलाई नेपाली रुपैयांलाई अपमूल्यन गरी कमिशन लिने गरेको छ । एक सय भारतीय नोटको नेपाली १ सय ६५ भएपनि एक सय ६० रुपैयांमा साट्ने गरेको छ । रु.५ को बटाको कारोबार गर्नको लागि विकास ट्रेडर्सले ठूलो लगानीमा सुन खरिद विक्री गर्दै आएको छ । सुन खरिद गरेर लहान आएका राहुल शारडाले जुत्तामा लुकाएर राखिएका थिए । जुत्ताबाट सुन निकाल्न नमानेपछि प्रहरीले केरकार गर्ने क्रममा कुटपिट समेत गरेको लहान उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल महतोको दावी छ । लहानमा बैंकहरु पनि भारतीय नोटको कारोबार गर्नेहरुसंग मिलोमतो गर्ने गरेको खुलासा भएको छ । लहानमा अचेल कुनै पनि बैंकमा भारतीय नोट पाईदैन् । भारतीय नोटको कुरा गर्दा बैंकले सिधैं भने गरेको छ ‘अहिले सिधिएको छ ।’ पछि आए भने खबर गर्छु भनी बहानावाजी गर्ने गरेको छ । पक्राउ परेका शारडा ८ घण्टापछि आजै कागत मिलाएर रिहा भएका छन् ।

