सिरहामा कालोबजारीमा संलग्न दुई पेट्रोल पम्पमा टाँचा
Advertise Here Book Now

लहान । पेट्रोलियम पदार्थको कालोबजारी गरेको भन्दै इलाका प्रशासन कार्यालय लहानका प्रमुख रञ्जित अधिकारी नेतृत्वको टोलीले सिरहाको दुई वटा पेट्रोल पम्पमा टाँचा लगाएको छ ।
प्रशासनको टोलीले लहान–१ स्थित मुरारका आयल ट्रेडर्स र धनगढी–२ स्थित गुप्ता आयल स्टोरमा टाँचा लगाएको छ । पेट्रोल पम्पमा रहेको रातको समयमा कालोबजारी गर्नेहरुलाई विक्री गर्न ड्रम तथा गेलेनहरुमा राखिएको अवस्थामा लहान प्रशासनले शनिवार राति दुवै पम्पमा छापा मारेको थियो । छापामारीमा गुप्ता आयल ट्रेडर्सबाट एक हजार एक सय लिटर डिजेल तथा मुरारका आयल ट्रेडर्सबाट ६० लिटर पेट्रोल बरामद गरेको हो ।
पेट्रोलियम पदार्थ कालोबजारीमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गुप्ता आयल ट्रेडर्सका मुन्सी दिलीप साह तथा मुरारका आयल ट्रेडर्सका सञ्चालक रामवलि महतोलाई पक्राऊ गर्दै उनीहरुमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कारबाही अगाडि बढाएको छ ।

