मोर्चाका माग पूरा गराउन सिराहाका कांग्रेस सडकमा झर्दै
Advertise Here Book Now

लहान— संयुतक्त लोकतान्त्रीक मधेसी मोर्चाको माग संबोधन गराउन सिरहा का‌ं‌गे्रेस सडक आन्दोलन गर्ने भएको छ। शुक्रवार सिरहा कांग्रेस क्षेत्र नम्बर १ ले विज्ञप्ति जारी गर्दै मधेसका माग सम्बोधन गराउन शनिवारबाट शान्तिपूर्ण सडक आन्दोलन गर्ने घोषणा गरेको हो। लहान नगर समितिका अध्यक्ष महेस चौधरी र क्षेत्र नम्बर १ का सभापति अचमितलाल चौधरीको संयुक्त हस्ताक्षमा जारी विज्ञप्तिमा मधेसी मोर्चासँग ०६३ र ०६४ मा भएको ८ र २२ बुंदे समझौता कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत प्रमुख दलका अध्यक्षले हस्ताक्षर गरेको सम्झौता कार्यान्वयन र अहिलेको संसदमा नेपाली काग्रेसले दर्ता गराएको संसोधन बिधेयक पास गर्न दवाबस्वरुप सडक आन्दोलन सुरु गरेको क्षत्रीय सभापति अचमितलाल चौधरीले बताए।

मधेस आन्दोलनले सय दिन पुरा गर्दा समेत अहिलेको सरकारबाट माग सम्बोधन गर्न बेवास्ता भएको छ चौधरीले भने,'देशलाई अनिश्चितताको राजनीतिबाट जोगाउन हामी शान्तिपूर्ण सडक आन्दोलनबाट दवाब दिन्छौ।' 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्