मधेश विरोधि संविधान लेखेका सभासदहरु रौतहटमै मस्त , मोर्चाहरु सुस्त जनता भने आक्रोसित
Advertise Here Book Now

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघिय मधेशी मोर्चाको निर्णय रौतहटमा विफल सावित भएको छ । संविधान लेखन प्रक्रियामा भाग लिएका तथा हस्ताक्षर गरेको मधेशी सभाषदहरुलाई मधेशी लगायत गृह जिल्ला
प्रवेशमा रोक लगाउने मोर्चाको निर्णय विफल भएको हो । रौतहट जिल्लाका नेता तथा कार्यकर्ताहरुले सार्वजनिक तथा विभिन्न रेडियो मार्फत खसवादि पार्टीका गद्वार सभासदलाई मधेशी विरोधी सभासदलाई जिल्ला प्रवेश गर्न दिन्नौ , समाजिक रुपमा वहिस्कार गर्दौ भन्ने अभिव्यक्ति झुठो र भ्रामक सावित भएको समाजसेवि विनोध यादवले दावि गरेका छन ।

हाल रौतहटका प्रत्यक्ष र समानुपातीक गरि ४ जना सभासद रौतहट आई फर्केको र कति त आफनै गृह जिल्लामा परिवारसंग तथा निकटका केहि कार्यकर्ताहरुसंग रमाईरहेका देखिएका छन ।

जिल्ला क्षेत्र नं ३ का सभाषद प्रभु साह , समानुपातीक सभासद अशोक जयसवाल हाल गृह जिल्लामै व्यस्त छन । त्यसैगरि क्षेत्र नं ५ का सभासद जितेनद्र यादव सुनिल पनि रौतहट जिल्लामै हुनुहुन्छ । त्यसैगरी एमाले वरिष्ट नेता माधव नेपाल रौतहटको चपुर आई कार्यक्रम गरि फर्केको अवस्था छ ।

वेला वेला एमाले काग्रेस लगाएत माओवादिका सभा सदहरुलाई कालोमसो दल्ने , समाजिक वहिस्कार गर्ने जस्ता चेतावनी दिएका नेताहरु शान्त र शुस्त देखिएकोमा जनताहरु पनि शंका उपशंका गर्न थालेका छन । यी मध्ये सभासद प्रभु साह संविधान सभामा हस्ताक्षर अभियानमा भाग नलिएका नेता हुन । साह माथि संका गर्न अनावश्यक सोच रहेको केहि नेताहरुको भनाई रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्