कांग्रेस नेता आचार्य मधेसी मोर्चाले भनेजसरी संविधान संशोधन गरौं
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १५/नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले आफ्नो पार्टीले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित कार्यकर्ता भेटघाटका अवसरमा नेता आचार्यले संविधानप्रति असन्तुष्ट दललाई समेत वार्ताको माध्यमबाट संविधान संशोधन प्रक्रियामा सहभागी गराउनुपर्ने बताउनुभयो । नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण समस्या सिर्जना भइरहेकाले काङ्ग्रेसले समेत नाकाबन्दी हटाउनका लागि विशेष पहल गरिरहेको उहाँले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्