भोली ढल्केवरमा विशाल आमसभा हुँदै
Advertise Here Book Now

मधेशी मोर्चा, आदिवासी जनजाति, थरुहट र लिम्बूवानका नेताहरुले सम्बोधन गर्ने




जनकपुरधाम, १५ मंसिर । मधेश आन्दोलनको समर्थनमा धनुषा जिल्लाको ढल्केवरमा विशाल आमसभा तयारी हुँदैछ । भोली बुधबार हुने विशाल आमसभामा संघीय गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । मधेश आन्दोलनको समर्थन र सरकारको विरोधमा सो आमसभाको आयोजना हुन लागेको स्रोतले जनाएको छ । संघीय गठबन्धनको पूर्वनिर्धारित कार्यक्रम अनुसार मधेशका प्रमुख शहरहरुमा आमसभाहरु आयोजना हुँदै आएको छ । यसअघि सुनसरीको इटहरीमा आयोजना गरिएको आमसभामा एमालेका कार्यकर्ताहरुले मञ्च तोडफोड गरेको थियो भने विराटनगरमा आयोजित आमसभामा हजारौं सर्वसाधारणको सहभागिता थियो ।


बुधबार ढल्केवरमा दिनको साढे १२ बजे विशाल आमसभाको आयोजना हुने जनाइएको छ । सो आमसभामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त लिम्बुवान पार्टी, थरुहट तराई पार्टी, आदिवासी जनजाति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी र संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, कुमार लिङ्देन, कुमार राई, परशुराम तामाङ, भानुराम चौधरी र बुद्धराज स्याङ्तानले सम्बोधन गर्ने मोर्चाका नेता वृषेश चन्द्र लालले जनाएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्