सिरहामा एमाओवादी र राप्रपालाई ठूलो धक्का
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १६/एकीकृत नेकपा माओवादी र लोकेन्द्र बहादुर चन्द नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षसम्म झन्डै एक हजार बढी नेता कार्यकर्ता संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् ।सिरहाको क्षेत्र नं. ६, लक्ष्मीपुरमा आयोजित एक विशाल आमसभामा एकीकृत माओवादीका विरबहादुर यादवको नेतृत्वमा तीन सय जना नेता तथा कार्यकता र राप्रपाका केन्द्रीय नेता असेश्वर यादव, जिल्ला अध्यक्ष सुरेन्द्र यादव लगायत फोरम नेपालमा प्रवेश गरेका हुन् ।संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीका नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई अबीर मालासहित स्वागत तथा बधाई दिएका छन् ।फोरम नेपालमा केन्द्रीय कोषाध्यक्ष विजय यादवको पहलमा यसरी आन्दोलनका बीच विभिन्न पार्टीका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको समाजवादी युवा फोरमका केन्द्रीय सदस्य अजयकुमार यादवले जनाएका छन् ।पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका वरिष्ठ नेता अशोक राई लगायत नेताहरुको उपस्थिति रहेको छ । सिरहामा पार्टी प्रवेश कार्यक्रम अहिले जारी छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्