रौतहटमा चक्कु प्रहार गरी २० हजार लुटियो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष १६/गौर चन्द्रनिगाहपुर विरेन्द्र राजमार्ग अन्तरगत रौतहट जिल्लाको गा वि स सरुअठा नजिक बम नहरमा विहिवार विहान करिव ५ वजेको समयमा अज्ञात समुहले चक्कु प्रहार गर्दा एकजना यात्रु गम्भीर रुपमा घाइते भएको छ ।
चन्द्रनिगाहपुरवाट मोटर साइकलमा सवार भइ गौर तिर आउदै गरेको यात्रु भारतको कुण्डवा चैनपुरको फुलवरिया १० निवासी राम पुरन जयसवालको २८ वर्षीय छोरा किसुन चौधरीलाई लुटेराहरुको समुहले चाक्कु प्रहार गरि साथमा रहेको नगद २० हजार लुटी फरार भएको हो । चक्कु प्रहारवाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि भारतको मोतिहारी पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीको पिठ्यु ,टाउको र पाखुरामा चक्कु प्रहार गरिएको जिल्ला अस्पतालले जनाएको छ । यात्रु दुवानी गर्ने मोटरसाइकल चालक र पछि बसेका एकयात्रु भने फरार रहेका छन् ! घाइते भएका चौधरी विचमा बसेको थियो । चालक र पछि सवार व्यक्तिलाई अपराधीले केहि नगरको हुदा घटनामा चालकको संलग्नता हुन् सक्के आशंका उत्पन्न भएको हो ।
लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी एकजनालाई नियन्त्रणमा लिएको छ ! पक्राउ परेको व्यक्तिको साथवाट रगत लागेको चक्कु र नगद रुपैया बरामद भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धनमा अनुसन्धान भइरहेको हुदा अहिले नाम सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए । गत सोमवारका दिन पनि यात्रुलाइ चक्कु प्रहार गरिएको थियो । एक्सत्ता नवितिदै दोश्रो घटना भएको हुदा सुरक्षा व्यवस्था कम्जोर भएको पुष्टि भइरहेको छ ।
जारी रहेको मधेश आन्दोलनका कारण सवारीसाधन बन्द रहेको मौकाको फाइदा उठाउदै मोटरसाइकल वाट यात्रु दुवानी गर्ने कार्य भइरहेको छ । लुटपाटको घटना भइरहेको हुदा मोटर साइकलवाट यात्रा गर्न जोखिमपूर्ण रहेको देखिएको छ ।
