विभिन्न पार्टी परित्याग गरी सैयौ नेता तथा कार्यकर्ता फोरममा प्रवेश
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, १६ पौष /सिरहामा संघिय समाजबादी फोरम नेपालको जन सभा आज (विहिबार) सम्पन्न भएको छ । सिरहाको बिष्णुपुरमा भएको जन सभामा बिभिन्न पार्टी परित्याग गरी सैयौको संख्यामा नेता तथा कार्यकर्ताहरुले फोरममा प्रवेश गरेका छन् । संघिय समाजबादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्य तथा कोषाध्यक्ष बिजय यादब, सांसद डा. बिरेन्द्र महतो र बरिष्ठ नेता अशोक राईको आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले, नेपाली कांगेस, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ११ सय नेता तथा कार्यकर्ताहरुले फोरममा प्रबेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा राप्रपाका क्रेन्दिय सदस्य अशेश्बर यादब लगायत पार्टीका सम्पुर्ण जिल्ला कार्य समिति सहित मधेशी राष्ट्यि मुक्ति मोर्चाका केन्द्रिय सदस्य बिरेश्बर यादब, नेकपा एमालेको बौबालाल यादब, केशेश्बर यादब, नेपाली कांग्रेसका हरी पंडित लगायत बिभिन्न पार्टी परित्याग गरी ११ सय नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्