फस्ट जनवरीको दृष्टिगत गर्दै सिरहामा चेकजाँचमा कडाई
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, १६ पौष /फस्ट जनवरीको दृष्टिगत गर्दै सिरहामा मोटरसाइकल चेकजाँचमा कडाई गरिएको छ । भारतीय नव बर्ष अर्थात फस्ट जनबरीको दृष्टिगत गर्दै आप्mनो क्षेत्र भरी मोटरसाइकल चेकजाचमा कडाइ गरिएको अस्थायी टफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले जानकारी बताए । फस्ट जनबरी मनाउने बहानामा मादकपदार्थ सेबन गरी मोटरसाइल चलार्ईएको पाईएमा तत्काल गाडी सहित चालकलाई नियन्त्रणमा लिईने नायब निरिक्षक सोडारीले बताए । मधेशमा लामो समय देखि जारी रहेको आन्दोलनको कारणले सबारीसाधन चेकजाँचमा केहि खुकुलो गरेपनि फस्ट जनबरीको दृष्टिगत गर्दै कुनै अप्रिय घटना हुन नदिन खास गरी मादकपदार्थ सेबन गरी मोटरसाइल चलाइएको, बिना हेल्मेट क्षमता भन्दा बढी व्यक्ति सबार भएको पाईएमा प्रकृति हेरी कानुन बमोजिम कार्बाही गरिने नायब निरिक्षक सोडारी जानकारी दिए ।

