लहानमा नक्कली मदिरा बनाउंने आरोपमा तीन पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, १६ पुस । मदिरा सेवन कद्दापी राम्रो होइन् । यसमा पनि विषयुक्त नक्कली मदिराले त तत्काल ज्यानै जान सक्ने अवस्था आउंन सक्छन् । आजभोली लहानमा यस्तै मदिरा प्रवेश गरेको रहस्य खुलासा भएको छ । यसको रहस्योद्घाटन आज दिउंसो ४ बजे जति बेला तीन जनालाई नक्कली मदिरा बनाउंने आरोपमा ईलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेपछि सनसनी भएको छ । पक्राउ परेका यि समूहले नक्कली केमिकल हालेर तथा मेचाबुल केमिकल मिसाएर महंगो खाले मदिरा बनाएर बजारमा चलतीको रुसलान भोड्का, रोयल स्टाग, सिग्नेचरलगायतको विभिन्न रंगमा तयार गरी बजारमा ल्याउंने गरेको आरोप रहेको छ । ति ब्रान्डका खाली बोतलमा नक्कली रक्सी प्याक गरेर आन्तरिक राजस्व कार्यालयको स्टिकर समेत टांसेर बिक्रीको लागि तयार गर्ने गरेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । नक्कली मदिरा बनाउंने आरोपमा बल्ही ७ का रामगणेश यादव, खरुकियाही ४ का उमेश शर्मा र लहान १२ का बचन साह पक्राउ परेका छन् । यिनीहरुबाट प्रहरीले विभिन्न नक्कली ब्रान्डमा भरिएको मदिरा ७१ बोत्तल, मदिराका खाली बोत्तल ३ सय थानगरी ३ सय ७१ थान मदिराका बोत्तल, २६ पत्ता ( एउटा पत्तामा ३३ वटा ) विभिन्न ब्रान्डका मदिराको ५० थान स्टिकर, विभिन्न ब्रान्डका मदिराको २ सय थान बिक्रो बरामद गरिएको छ । यिनीहरु महिनौदेखि लहान ५ स्थित खुशिलाल यादवको घरमा कोठा भाडा लिएर नक्कली मदिरा बनाउंने गरेको लहान प्रहरीले जनाएको छ । यस्ता नक्कली ब्रान्डको मदिरा बनाउंने गिरोह लहानमा अझैं रहंदै आएको अर्का एक स्रोत दावी छ । मधेशको अधिकांश बजारमा लगभग २५ प्रतिशत नक्कली मदिराको कारोबार भइरहेको आधिकारिक व्यवसायीहरूले दाबी गर्छन् । सस्तो मदिरा उपभोग गर्ने बर्गमा दिनप्रतिदिन नक्कली रक्सीका उपभोक्ता बढ्दै गएको समेत उनीहरूको दाबी छ । उच्च, मध्यम र न्यून सबै कोटिका मदिराको नक्कली उत्पादन भइरहेको व्यवसायीहरूले बताए । देशभर खपत हुने रक्सीको ५० प्रतिशत राजधानीमा उपयोग हुने गरेको छ भने ३० प्रतिशत मधेशको बजारमा खपत भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्