बाबुराम ‘फस्ट’, विप्लव ‘सेकेन्ड’
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २९। पूर्व पृष्ठभूमि माओवादी रहेका तर अहिले फरक कोणबाट राजनीति गरिरहेका दुई नेता बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सँगै जोडेर प्राय संचार माध्यममा समाचार आउँदैनन् । तर पछिल्लो पटक भने यी दुईलाई लिएर राजनीति वृत्त र यसभन्दा बाहिर चर्चा भएको छ । बाबुराम र विप्लवको पारिवारिक कुरालाई लिएर हुने चर्चा केही समयअघि सामाजिक संजालमा पनि निकै चुलिएको देख्न सकिन्थ्यो । नयाँ शक्ति अभियानमा लागेका बाबुरामले जब आफ्नी छोरी मानुषीको बीहे आफ्नै पार्टीका कार्यकर्ता जेकेन्द्रसँग गराए तब यस विषयलाई विप्लवसँग जोडेर चर्चा सुरु भयो । के थियो चर्चा हुनुको कारण ? यसरी यी दुईको विषय पारिवारिक रहेता पनि त्यसको चर्चा राजनीति वृत्तदेखि सर्वसाधारणसम्मले गर्न चुकेनन् । कारण थियो विप्लवले स्वीकृति नदिएपछि गत माघ महिनामा आफ्नै पार्टी कार्यकर्ता विनोद लुइटेलसँग पुत्री सञ्जुले भागेर बिहे गर्नु । स्रोतका अनुसार विनोद र सञ्जुबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । त्यसलाई उनीहरु बिहेमा परिणत गर्न चाहन्थे । परिवारको स्वीकृति आवश्यक भएपछि दुबैको परिवारमा यस विषयले प्रवेश पायो । विनोदको परिवारले सम्बन्धलाई सहजै स्वीकृति दिएता पनि विप्लव परिवार भने त्यसको विपक्षमा देखियो । परिवारबाट स्वीकृति नपाउने देखेपछि विप्लवकी एक्ली छोरी सञ्जुले विनोदसँग भागेर बिहे गरिन् र यस विषयले निकै चर्चा पायो । किन जोडियो विप्लवलाई बाबुरामसँग ? यसरी समाज परिवर्तनका लागि क्रान्तिकारी बाटो रोजेर एमाओवादी र पछि तत्कालिन नेकपा–माओवादी परित्याग गरी जनवादी क्रान्ति गर्छु भन्दै हिँडेका विप्लवले कार्यकर्ताको हातमा छोरी अन्माउन नचाहनुलाई क्रान्तिको नारा लगाउने तर आफ्नै घरबाट क्रान्ति गर्न नरुचाउने परिपाटीको संज्ञा दिइयो । किन कि क्रान्ति गर्न हिँडेको मान्छे कहिल्यै जात, तह , वर्ग, लिंग, धर्म आदीप्रति पक्षपात गर्दैन र गर्नु हुँदैन भन्ने मान्यता राख्दछ । यसरी विप्लवको स्वीकृति नपाएपछि भागेर बिहे गरेकी सञ्जुको विषय सेलाउन नपाउँदै त्यसको करिब २० दिनपछि बाबुरामले आफ्नी छोरी मानुषीको हात आफ्नै पार्टीको कार्यकर्तालाई थमाइदिए । त्यसो त नयाँ शक्ति अभियानमा लागेका बाबुरामले क्रान्तिको बाटो त्याँगिसकेका छन् । समाजवादी क्रान्ति नयाँ ढङ्गले गर्नुपर्छ भन्दै पुरानो माक्र्सवाद र लेनिनवादलाई नयाँ ढङ्गले परिभाषित गर्ने अभियानमा लागेका भट्टरालाईले कार्यकर्तासँग छोरी बिहे गरिदिएर त्यसको सही ओकालत गरेको टिप्पणी भयो । कतिपयले यसलाई लोकप्रियताका लागि पनि भने तर लामो समयदेखि प्रेममा रहेका मानुषी र जेकेन्द्रको बिहेका लागि यसअघि नै हिसीला यमी आफैले दबबा दिइरहेकी थिइन् । जेकेन्द्र नेवार समुदायका केटा भएकाले पनि बाबुरामको यस कदमले चर्चा पायो । एमाओवादी त्याँगेर नयाँ शक्ति अभियानमा लागेका उनको यस निर्णयलाई आलोचकहरुले पनि प्रशंसा गरे । यसरी फागुन १ गते छोरीको जनवादी बिहे गरेका बाबुरामको विप्लवसँग जोडेर चर्चा भयो । विप्लव सेकेन्ड भए विप्लवले पनि भागेर गएकी छोरीको बिहे स्वीकारेर म पनि क्रान्तिकारी विचारधाराको हुँ भन्ने प्रमाणीत त गरे तर उनी ‘फस्ट’ हुन भने सकेनन् सायद बिहेका लागि पहिल्यै स्वीकृति दिएको भए पढाईमा सधै ‘फस्ट’ हुने बाबुरामभन्दा यस विषयमा विप्लप अघि हुन्थे होला तर उनी त्यहाँनिर चुके । छोरीले बिहे गरेको करिब डेढ महिनापछि सार्वजनिक रुपमै विनोदसँगको सम्बन्धलाई स्वीकृति दिएका विप्लव सेकेन्ड त भए तर ‘फस्ट’ हुन सकेनन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्