चीनसँग थप नाका खोल्न परराष्ट्रमन्त्री थापा असहमत
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन २९ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको एजेन्डा तय गर्ने क्रममा थप नाका खोल्ने प्रस्ताव अघि बढाउन अस्वीकार गरेको छ ।
भ्रमणका क्रममा नेपाल सरकारले तातोपानी, रसुवागढी नाकालाई थप व्यवस्थित गर्न प्रस्ताव गर्नेछ । चीनसँग खुलेको अर्को नाका हो हिल्सा ।
नेपालतर्फको सडक पूर्वाधार पूर्ण नभएसम्म नाका खोल्न आग्रह गर्नुको अर्थ नरहेको भन्दै नयाँ नाकामा सरकारले जोड नदिने परराष्ट्र अधिकारीले बताएको कान्तिपुर दैनिकमा खबर छ ।
पारवहन सुविधा, सम्झौता र फ्रि ट्रेडको सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रारम्भिक निधो भइसके पनि यसको मोडलका बारेमा भने अझै छलफल भइरहेको छ ।
त्यस्तै ऊर्जा क्षेत्रमा लगानी र नाकामा दुईपक्षीय स्थानीय स्तरको व्यापारबारे पनि छलफल हुने जनाइएको छ ।


