सडक दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यू
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २९ । सप्तरीको छुट्टा–छुट्टै स्थानमा शनिवार सवारी दुर्घटनामा परी २ प्रहरीसहित ३ जनाको मृत्यू भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको मधुपटृी–९ स्थित बलान खोला नजिकै पूर्वबाट पश्चिमतर्पm जाँदै गरेको ना.४ख १४३० नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा.२२ प ८५५७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल सवार दुई प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा सुनसरीको भादगाउँ सिनुवारी–८ निवासी प्रहरी जवान सुरज चौधरी र उदयपुरको रामपुर ठोक्सिला– १ का प्रहरी जवान सीताराम खड्काको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारको लागि विराटनगरतर्पm लगिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक दुवै प्रहरी पूर्व क्षेत्र प्रहरी गण मुख्यालय रानीमा कार्यरत रहेको तथा लहानतर्पm कामले जाँदै गर्दा दुर्घटनामा परेको जनाईएको छ । यस्तै सप्तरीको भारदहमा ट्रयाक्टरको ठक्करबाट भारदह–१ का ३० वर्षिय पप्पु माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्