मिथिला स्टूडेन्ट युनियन नेपालद्वारा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
Advertise Here Book Now

दिनेश रसिया लहान चैत्र ६ । लहानमा आज मिथिला स्टूडेन्ट युनियन नेपालले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको महान पर्व होलीको अवसरमा होली मिलन तथा आफनो सँस्कृति जोगाउन जोगिरा कार्यक्रम का साथै कवि सम्मेलन समेत लहानको उद्योग बाणिज्य संघमा आयोजना गरेको संस्थाका अध्यक्ष दिनेश रसियाले जानकारी दिनु भएको छ । दर्जनौ व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध मैथिली अभिनेत्री तथा नाटककर्मी प्रियंका झा रहेका थिए । आथित्यको आसन्नबाट बोल्दै झा मिथिला स्टूडेन्ट युनियन नेपालले गरेको काम सरहनीय रहेको तथा यसमा लागन मिथिलाका युवाहरुलाई आग्रह समेत गरिन ।बाहिरी संस्कृति भन्दा हाम्रो संस्कृति हामीलाई प्यारो रहेको र यसलाई पुर्नजारनको आवस्यकता मात्रै रहेको उनले बताइन । कार्यक्रममा स्थानीय युवा मैथिली कविहरु नारायण मधुशाला, रितेश मैथिल, गजेन्द्र गजुर, गायत्री सिंह, हृदय सुमन, अर्जुनप्रसाद गुप्ता दर्दिला , दिनेश रसिया लगायतले आ आफनो कविता समेत बाचन गरेका थिए ।कार्यक्रम अवधीभरि विभिन्न मैथिली गीत, संगीत, तेजुमैथिलको स्वर, पूजा ंिहको नृत्य, रितेश मैथिलको कमेडीले उपस्थित सम्पूर्णको मन जितेको नरेश बरबरियाले जानकारी दिए । कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरु नेपाल नाटक तथा संगीत प्रज्ञा प्रतिठान काठमाडौँद्वारा आयोजित डबली नाटकीय कार्यक्रममा सहभागीता जनाएका थिए । उक्त कार्यक्रममा समेत तेजु मैथिलको स्वरले सबै माथि जादु गरेको थियो । युनयनले उक्त मञ्चमा समेत जोगिरा कार्यक्रम गरेको र रमेश रञ्जनले समेत खुलेर मुक्तकण्ठले स्थानीय युवाहरुको प्रसंसा गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्