प्रधानमन्त्रीसँगै चीन जाने उद्योगीसँग सरकारले माग्यो तीन लाख
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत ६ । प्रधानमन्त्री केपी ओलीसँगै चीन भ्रमणमा जाने उद्योगी व्यवसायीसँग सरकारले पैसा मागेको छ। प्रधानमन्त्रीको भ्रमणका लागि तय गरिएको चार्टर्ड विमानको टिकटस्वरुप उनीहरुसँग तीन लाख रुपैयाँ मागिएको हो। परराष्ट्र मन्त्रालयबाट शुक्रवार टेलिफोन गरेर विमान चार्टर्डका लागि रकम डिपोजिट गर्न भनिएको एक व्यवसायीले बताए। ‘भ्रमण दलमा परेकोमा खुसी लागेको थियो। तर सरकारी निकायबाट रकम डिपोजिट गर्न भन्दै फोन आएपछि छक्क पर्यौं, ती व्यवसायीले भने,‘हामी पैसा तिर्न तयार छौँ। तर, परराष्ट्र मन्त्रालयले नै माग्नु उचित देखिएन।’ हिमालयन एयरलाइन्सले भित्र्याएको नयाँ जहाजबाट ओली आइतबार बेइजिङ जाँदै छन्। भ्रमण टोलीमा निजी क्षेत्रबाट ३२ जना उद्योगी व्यवसायी सहभागी हुँदैछन्। यसअघि उद्योगी व्यवसायीलाई हवाईटिक शुल्क नलिई प्रधानमन्त्रीसँग चीन लैजाने भनिएको थियो। तर शुक्रवार परराष्ट्रका अधिकारीले फोन गरेर रकम मागेपछि व्यवसायी असन्तुष्ट भएको छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्