होलीमा उच्छृङ्खल गतिविधि रोक्ने सिरहाको मिर्चैयामा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त अभियान , अपराधिक क्रयाकलाप गर्नेलाई र्सवजनिक मुद्या चलाईने
Advertise Here Book Now

श्रीकान्त झा । सिरहा । चैत ९ । प्रत्येक वर्षा झै मनाउदै आईरहेको फागु पूर्णिमा होली आजवाट सुरु भएको छ । रंगहरुको पर्वका रुपमा मनाईने होली पर्व पनि भनिन्छ । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ । त्यस्तै होलिमा मादक पर्दाथ सेवन गरेर होहला , झैझगडा गर्ने र सडक र्दघटना भएको हुनाले ईलाका प्रहरी कार्यलय मिर्चैयाले संयुक्त रुपमा सडकमा चेकजाँच वढाईएको छ भने गागाउमा माईकिङ्क र प्रचारप्रसार गरि कुनै किसिमको उच्छृङ्खल गतिविधि नर्गन आग्रह गरेको ईलाका प्रहरी कार्यलय मिर्चैयाको प्रहरी नायव उपरिक्षक श्याम शिहं चौधरिले जानकारी दिएको छ । त्यस्तै ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले विशेष सडक सुरक्षा योजना तयार पारेको छ । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाको प्रहरी नायव निरिक्षक र्अजुन सोडारिले दिइको जानकारी अनुसार यस वर्ष फागुमा मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, हेल्मेट नलगाउने, ध्वनि प्रदूषण गर्ने, सवारीसाधनको प्रयोग गरी रङ हान्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्न योजना तयार पारिएको जानकारी दिए । उनका अनुसार इच्छाविपरीत लोला हान्ने, होहल्ला गर्ने र मादकपदार्थ सेवन गर्नेलाई सार्वजनिक मुद्दा चलाइने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्