सिरहामा अनौठो घटना - आत्म हत्या गर्न खोज्दा छोरीको मृत्यु, आमाको उद्धार
Advertise Here Book Now

सिरहा, भदौ ३१ गते । घरायसी विवादका कारण दुधेबालकसहित आत्म हत्या गर्न इनारमा हामफल्दा एक बालिकाको ज्यान गएको छ । 
धनगढीमाई नपा–१२ विष्णुपुरका २८ वर्षिय हिरा खनाल आफ्ना एकवर्षिय छोरी दिलिसालाई वोकेर घर अगाडी रहेका इनारमा हामफल्दा छोरीको इनारमा ज्यान गएको हो ।
आमालाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्याम ज्ञावाली जनाएको छ । हिराको श्रीमान धु्रव बैदेशिक रोजगारीको क्रममा दुवइमा रहेको छ ।
बालिकाको शव पोष्टमार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । आमा हिराको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।यो समाचार पुर्वान्चल एक्सप्रेसबाट सम्प्रेसन गरिएको हो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्