अंग्रेजी नजान्दा मुसहर विद्यार्थी काठमाडौबाट घर फिर्ता
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असोज १ । एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेका कारण बीचैमा पढाइ छाडेर घर फर्कनुपरेको छ । रौतहटको लक्ष्मिपुर दोस्तिया ५ का १७ बर्षीय मुसहर काठमाडौस्थित फ्लोरिडा कलेजले उनलाई निःशुल्क पढ्ने व्यवस्था गरेको भएपनि एक महिना नबित्दै उनी पढाइ छाडेर घर फर्किएका हुन् । गत बर्षको एसएलसीमा सी प्लस ग्रेडमा उत्तीर्ण भएका प्रदीपको एकाउन्ट पढ्ने इच्छा थियो । उनको इच्छाअनुसार, राष्ट्रिय मुसहर उत्थान समाज रौतहटको पहलमा फ्लोरिडा कलेज भर्ना भएका थिए । काठमाडौमा बस्न र खानको लागी समाजले नै व्यवस्था गरेको थियो ।
रौतहट र जनकपुरबाट एक÷एक जनालाई निःशुल्क पढाइ दिने कलेजले व्यवस्था गरेको थियो । जनकपुरबाट एक जना पनि मुसहर विद्यार्थी गएनन् । रौतहट बाट गएका प्रदीप पनि अग्रेजीदेखि डराएर फर्किए ।
प्रदिप अहिले जिल्ला चन्द्रनिगापुरस्थित जनज्योती उमाविमा कक्षा ११ मा पढीरहेका छन । गाउँ नजिकै रहेको कनकपुर माविबाट एसएलसी उर्तिण गरेका प्रदिपलाई अगं्रेजी नजानेकोमा पछुतो लागिरहेको छ । काठमाण्डौमा रहेको राम्रो कजेल छाडेर गाउ फर्कनु पर्दा नरमाइलो लागेको प्रदिपले बताए । प्रदिपले भने ‘पुरै अग्रेजी माध्यमबाट पढाइ हुने रहेछ, अलिअलि पनि बुझिएन, त्यसैले फर्किए ।’ उनी अहिले पनि एकाउन्ट बिषय नै लिएर पढिरहेका छन पढेर बैकमा जागिर खाने ठुलो चाहना छ, उनको । बिधालयमा पढ्दा अग्रेजी बिषय मा शिक्षकले पनि ध्यान नदिएको र आफुलाइ पनि अग्रेजी पढ्नका लागी बिधालय तथा र घरमा बातावरण नभएकाले अग्रेजीमा कमजोर रहेको गत बर्ष एसएलसी उतिर्ण गरेको मुसहर बिधार्थीको अनुभव छ । रौतहटमा सरकारी बिधालयमा प्राथमिक तह उतिर्ण गर्दा सम्म अधिकाश बिधार्थीले अग्रेजी अक्षर जान्दैनन । उनीहरु लाइ नेपाली अक्षर समेत पढ्न आउदैन । निमावि तहमा पढ्दै गरेका करीव ३० प्रतिशत बिधार्थीलाइ अक्षर चिन्न समस्या रहेको बताइएको छ ।
जिल्लामा जम्मा ५२ जना मुसहरले एसएलसी उतिर्ण गरेका छन । गत बर्ष १३ जनाले एसएलसी उतिर्ण गरेको भएपनि ५ जनाले मात्रै पढाइलाइ निरन्तरता दिएका छन । जिल्लाका चार जना मुसहरले मात्रै स्नातक उतिर्ण गरेका छन । दुइजना मुसहर महिला एसएलसी उतिर्ण छन । गरीवीका कारण तथा उच्च शिक्षा आर्जन गर्न बिधालय तहमा नै गुणस्तिरीय शिक्षा नपाउदा आफ्नो क्षेमताले नभ्याउने भन्दै उनीहरुले पढाइलाई अगाडी बढाउन सकेका छैनन । जिल्लाको ६५ वटा मुसहर बस्तिमा ३० हजार भन्दाबढी जनसंख्या रहेको भएपनि धेरै बालबालिकाहरु बिधालय बाहीर छन । गाउ नजिकै बिधालय भएपनि उनीहरु पढाइबांट बन्चित छन । राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका रौतहटका मुसहर समुदायका अगुवा मुसहरको शिक्षा अवस्थालाई सुधारगर्न सरकारले बिषेश योजनानै ल्याउन आवश्यक रहेको बताउछन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्