अमेरिकी प्रविधिको युएम मोटरसाइकलको शोरुम अव लहानमा
Advertise Here Book Now

अमेरिकी प्रविधिमा निर्मित यु एम मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता सागर ट्रेडर्सले विश्वकर्मा पुजाको शुभ अवसरमा आफ्नो सेल्स सर्भिस तथा स्पेयर्स सुविधा सम्पन्न शोरुमको उद्घाटन लहान ३ कुशवाहा चौकमा सम्पन्न गरेको छ I उद्घाटन नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य अशोक अग्रवाल , लहान उधोग वाणिज्य संघको अध्यक्ष सुनिल महतो तथा आईएमई अटोमोटिभस बाट आएका यु एम मोटरसाइकल डिभिजनका प्रमुख उज्वल जोशी द्वारा गरिएकोछ I
नेपालको लागि आधिकारिक वितरक रहेको आईएमई ग्रुप अन्तर्गत आईएमई अटोमोटिभसले नेपालको विभिन्न ठाउमा १५ वटा सेल्स सर्भिस र स्पेयर्स सुविधा सम्पन्न शोरुमहरु खोलिसकेका छन् I संसारको तिस भन्दा वढी देश र १३०० सय भन्दा बढी शोरुमहरुबाट युएम ब्रान्डको मोटरसाइकल र स्कुटी विक्री भैरहेको छ I नेपालका मोटरसाइकल पारखीहरुलाई एउटा छुट्टै नयाँ अनुभव दिने विश्वासको साथ सागर ट्रेडर्सले युएम मोटरसाइकल र स्कुटीको शोरुम लहानमा राखेको ट्रेडर्सका संचालक सन्दिप उपाध्याय र राम बाबु महतोले बताए I उद्घाटनको शुभ अवशरमा सागर ट्रेडर्सले ग्राहकहरुलाई दशैँ तिहार छुट अन्तर्गत १५ हजार सम्मको छुट संगै नेपाल अधिराज्यभरिबाट बम्पर उपहार योजना अन्तर्गत १ जनालाई ५ लाख नगद उपहार दिइने संचालकले बताए I असोज १ गते देखि ५ गते सम्म शोरुमै मोटरसाइकल एक्सचेन्जको सुविधा पनि रहेकोछ I
अन्य कम्पनि झैँ यस कम्पनीको दिर्घकालिन सोच विक्रिमा मात्र केन्द्रित नभएर बिक्रि पछिका सेवा र स्पेयर्समा शत प्रतिशत सेवा कायम रहने प्रतिवध्ता सहित अमेरिकन प्रविधिमा निर्मित उएम ब्रान्डका मोटरसाइकल तथा स्कुटिले ग्राहकको मन जित्ने कुरामा कम्पनि विश्वस्त रहेको आईएमई अटोमोटिभसका उज्वल जोशी बताए I

