थर्ड एलायन्सद्वारा जिवन रक्षाको अपिल
Advertise Here Book Now
विकास निर्माण लगायतका विभिन्न माग गर्दै आमरण अनसन गर्दै आएका अनसनकारीको अवस्था दिनप्रतिदिन स्वास्थ्य नाजुक गएको भन्दै तराई मानवअधिकार रक्षक संजालले जिवन रक्षाको लागि माग गरेको छ ।
चरणबद्ध रुपमा जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक खण्डको निर्माण लगायत विकास निर्माणको विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका आन्दोलनकारीले विगत ७ दिन देखि आमरण अनसन जारी राखेपनि कसैले वास्ता नगरेको भन्दै तराई मानवअधिकार रक्षक संजाल केन्द्रिय कार्यालयका मानवअधिकार अधिकृत किरण कुमार कर्णले आमरण अनसनकारीहरुको जिवन रक्षाको लागि सबै पक्षसंग माग गरेको हो ।
अनसनकारीहरुले जायज माग राख्दै आमरण अनसनलाई निरन्तरता दिदैँ आएको छ भने अनसनकारीको अवस्था दिनप्रति दिन नाजुक बन्दै गएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्तिमा “वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा (४४ वर्ष), नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव (२७ वर्ष), तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सदस्य रमन कुमार ठाकुर (२८ वर्ष) र स्वतन्त्र मधेश गठबन्धनका नेता रंजित राज मधेशी (२६ वर्ष) लगायतका आन्दोलनकारीहरु ५ सुत्रिय माग राख्दै आमरण अनसनलाई निरन्तरता दिई रहदाँ समेत न त स्थानीय स्तरमा पहल भएको देखिन्छ । न त राज्य स्तरबाटै कुनै किसिमको पहल देखिन्छ । त्यसैले अनसनरत्त पक्षको मागहरुबारे नेपाल सरकारलाई यसै विज्ञप्ति मार्फत पहल गर्न समेत आह्वान गर्दछौ ।”
सम्बन्धित पक्ष लगायतका गम्भिर नहुदाँ अनसनकारीको स्वास्थ्य दिनप्रति दिन विग्रिदैँ गएको हुनाले सबै पक्षसंग जिवन रक्षाको लागि थर्ड एलायन्सले जोडदार माग गरेको छ ।


