पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, ५ जना वेपत्ता
Advertise Here Book Now
९ असोज, चितवन । त्रिशुली नदीमा कार दुर्घटना हुँदा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित पाँच जना वेपत्ता भएका छन् । मुग्लिनबाट काठमाडौं जाँदै गरेको स्कार्पियो कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो । घटना साँझ ५ बजेतिरको भएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार कारमा सवार व्यक्तिहरु घिमिरेका परिवारका सदस्य भएको हुन सक्ने अनुमान गरिएको छ । कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए । घिमिरे नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन्

