सिरहाको इटर्वामा पोखरीमा डुबेर एक युवकको मृत्यु
Advertise Here Book Now

सिरहाको इटर्वामा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यस्तै, सिरहाको सुखीपुर नगरपालिका–९ निवासी ७० वर्षीया डोमी साहको अचानक लडेर मृत्यु भएको छ । लहान नगरपालिका– १४ भिसा टोलस्थित सुरेश चौधरीको खेतमा काम सकेर सोमबार घर फर्किनेक्रममा अचानक लडेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्